Saturday 29 August 2015

बिदेशमा अध्ययनरत नेपालीहरुलाई एनआरएनए को परिधि भित्र किन नसमेट्ने?

एनआरएनएले बिदेशमा अध्ययनरत नेपालीहरुलाई एनआरएनए को सदस्यता लिनबाट बन्चित गराउने गरि बिधान परिमार्जन गरेको जसले यहाँ बेलायतमा अध्ययनरत हजारौ बिधार्थीहरु जो ब्रिटिशगोर्खा पछि सबैभन्दा बढी संख्यामा रहेका छन् उनिहरुलाई आक्रोसित गराउने, उनीहरुको मन अमिलो बनउने कार्य गरेको उक्त परिमार्जित बिधानले बिधार्थीहरुलाई NRNA को परिधि भित्र समेट्न खोजेको छैन, उनिहरुलाई गैरआंकलन गरिएको , उनिहरुलाई असिस्तितो हिन प्राणी को रुपमा लिएको उनिहरुको वर्ग बिवाजन गरिएको   प्रस्ट रुपमा उनीहरुलाई सौतेनी व्यवहार गर्न खोजिएको जुन कुराले बेलायतमा ब्रिटिशगोर्खा पछि सबैभन्दाबढी संख्यामा रहेका बिधार्थी छन् ति आक्रोशित हुनु आफ्नो गुनासो पोख्नु शान्धर्विकपनि
      एनआरएनए स्थापनाहुदाको मूल उदेश्य भनेको विदेशमा विभिन्न पेसा, ब्यबसाय, रोजगारी अध्ययन गरेर बसेका नेपाली diaspora लाई एकताबद्द  गरि नेपालको विकास तथा निर्माणमा कुनै भेदभाव नगरी बिदेशमा बस्ने नेपालीहरुको योगदानपूर्ण सहभागिता गराउनु हो उनीहरुको संरक्षणको लागि  advocacy गर्नु होहामीले उक्त उदेश्यबाट के निचोड निकाल्न सक्छौ भने NRNA भनेको बिदेशमा रहेका सम्पूर्ण नेपालीहरुको प्रतिनिधिमुलक संस्था होजसले विदेशमा छरिएका सम्पूर्ण नेपालीहरुलाई एकताबद्द गरि नेपाल नेपालीमात्रको हित अभिबृदि हुने कार्य गर्दछ त्यही अनुरुप आफ्नो उदेश्य प्राप्तिको लागि बिदेशमा रहेका सारा नेपालीलाई एउटा छातामुनि एक्बद्द गर्दै आजसम्म आफ्नो कार्य गर्दै अगि बढिरहेको संस्था NRNA हो अहिले सम्म पनि आफ्नो उदेश्य अनुरुप कार्य गर्दै आएकोमा कुनै शंका पनि छैन तर  हाल आएर  NRNA  ले बिधान संसोधन गरि बिदेशमा अध्ययन गर्ने नेपालीहरुलाई साधारण सदस्य हुन नपाउने व्यवस्था गरेको उक्त परिमार्जित विधानले विदेशमा रहेका नेपालीहरुको वर्ग बिभाजन गर्ने कार्य गरेको जुन विदेशमा रहेका कुनै पनि नेपालीलाई मान्य हुदैन चाहे त्यो कुनै ब्यबसाय गरेर बसेको ब्यबसायी नेपाली होस् या अध्ययन गरेर बसेको बिधार्थी नेपाली नै किन नहोसउनीहरुले कुनै कुनै बिन्दु बाट आफ्नो देशको लागि योगदान पुर्याईरहेका हुन्छन जुन कुरा हामीले कदापी  बिर्सनु हुन्न येदि NRNA स्थापना ताकको हिस्ट्री हेर्ने  हो भने जसले  NRNA लाई  मुर्तरुप  दिएर आज विश्वसनीय प्रभाकारी संस्था को रुपमा NRNA लाई रूपान्तरित गरे उनिहरु पनि बिधार्थी  कै स्टाटसमा विदेश आएर आज स्ताब्लिश भएका हुन् जुन कसै बाट छिपेको छैन│ Student कै स्टाटस बाट आएका बेक्तीबाट सुरु भएको NRNA ले किन  आज student हरुलाई  नै  bycott गर्न  खोज्दै  NRNA ले  सबैलाई नसमेटी वर्ग बिभाजन गर्न खोजेमा NRNA ले आफ्नो उदेश्य अवस्य पनि प्राप्त गर्न  सक्दैन
    बिदेशमा विभिन्न तह तप्कामा रहेका नेपालीहरुलाई समाबेश गरेर नेपालको बिकासमा योगदान पुर्याउने उदेस्यले स्थापना भएको नेपालीहरुको विदेशस्थित एकमात्र प्रतिनिधिमुलक संस्था NRNA  भएको  हुनाले  International arena मा  NRNA ले  नेपालको प्रभाकारी प्रतिनिधित्व गर्दछ NRN  ले नेपाल नेपालीको लागि गरेका राम्रा कार्यले राष्ट्रिय अन्तरास्ट्रिय स्तर मा  आफ्नो  छुट्टै  पहिचान बनाउन पनि  सफल  भएको    नेपाल government  लाईपनि दबाब दिन सक्ने संस्थाको रुपमा  NRNA ले आफ्नो छबि निर्माण गरि सकेको जुनकुराको पुस्टि नेपाल सरकारलले अब बन्ने  संबिधान मा duel citizenship को व्यवस्था  गर्नाले  पनि पुस्टि गर्दछ│  बर्षौ देखि NRNA  वृत ले  उठाउदै  आएको  duel citizenship को व्यवस्था नया बन्ने संबिधानमा  समेट्ने निश्चित प्राय भै सकेको अब आउदो दिनमा NRNA को भूमिका अज प्रभावकारी बनाउन पनि सबै लाई समेट्नु आबस्यक │ NRN ले नेपालमा भुकम्प गएको बेलामा दिलो ज्यान दिएर पुराएको योगदानको कदर गर्दै नेपाल government ले NRNA का हालका अदक्ष्य शेष घलेलाई  बिसेष दुत नियुक्त गरि नेपाल पुननिर्माणको महत्तोपूर्ण अभिभारापनि सुम्पिसकेको नेपालमा भुकम्प गएको समयमा NRNA ले बिदेशमाबस्ने सम्पूर्ण नेपालीहरुको  प्रतिनिधिको रुपमा पुराएको योगदानको सारा नेपाली बिश्वले मुक्तकण्ठले प्रसंसा गरिरहेका छन्यस्तो प्रतिष्ठा बोकेको संस्थाले कसैलाई लाखा कसैलाई पाखागर्नु मर्यादित पनि हुदैन NRNA ले विदेशमा रहेका सबै नेपालीलाई एउतै चस्माल हेर्नु पर्दछ ,फरक फरक स्टाटस भएका फरक फरक ब्येक्तिलाई भिन्न भिन्न चस्माले हेर्ने विभेदपूर्ण नीति त्याग्नु पर्दछ नेपाल  निर्माणको लागि जन जनलाई  समेटेर अगि बढ्दा नेपाल निर्माणको लछ्य प्राप्तिगर्न सकिन्छ आजको अवस्थामा NRN समाबेशी भएर अगाडी बढ्नु नितान्त आवस्यक │ NRNA ले  भुकम्प पिडितको लागि युद्धस्तरमा जुन सहयोग जुटायो त्यो बिदेशमा बस्ने नेपालीहरु एकजुट भैदिनाले सम्भवपनि भयो एकजुट भएर विछिप्त भएको नेपालको पुननिर्माणमा सबै लाग्नूपर्नेमा वर्ग बिभाजन गर्नु शोवनिया पनि हुदैन
      विदेशमा अध्ययनरत नेपालीहरुलाई NRNA को परिधि भित्र नसमेटेर किन वर्ग बिभाजन गर्न खोजिदै छ? बिधार्थीहरुपनि आफ्नो मुलुक छोडेर ज्ञान, सिप अवसरको भोग प्यास खोजिले गर्दा बिदेसिएका हुन् के उनीहरुमा पनि देश भक्तिको भावना हुदैन? के उनिहरुले पनि आफ्नो तर्फ़ बाट देशको लागि योगदान पुरौना सक्दैनन्?  के उनीहरुले आफुले आर्जन गरेको ज्ञान सिप  छयमता देशको लागि कुनै पनि बिन्दुमा उपयोगी हुदैन? के नेपाललाई ज्ञान सिप छयमता भएको मानब शक्ति नचाहिएर पुजी लगानी गर्न सक्ने पुजीपति मात्र चाहिएको हो? के देशको माया पुजीपतिलाई बढी लाग्ने बिधार्थीलाई कम लाग्ने भन्ने  हुन्छ र? जसरि सबैको रगत को रंग रातो हुन्छ तेसरिनै बिदेशमा भएका नेपाली चाहे कामदार होस् चाहे धनाड्य होस् या चाहे बिधार्थी नै किन नहोस अपबाद लाई छोडेर सबैको देश प्रति को माया समान   प्रगाढ हुन्छ│  विदेशमा अध्ययनरत बिधार्थीलाई सदश्य बनाउदा  NRN को साख के कारण ले कम हुन्छ?  के स्टाटस कै कारणले गर्दा बिधार्थीहरुलाई NRN को सदस्यता लिनबाट बन्चितगर्नु जायज छ?  यी कुराहरुको चिन्तन गरेर बिधार्थीलाई NRN मा समाबेश गर्ने  निचोडमा आए पक्कै पनि NRN को साख अजै बृदि हुन्छ ताकी वर्ग बिभाजन गरेर बिधार्थीलाई माइनस गरेर, बिधार्थीहरु सिमित स्टाटस भएकावर्ग हुन् भनेर क्लास बिभाजन गरेमा NRN को प्रभाबकरिता कदापी बढ्न सक्दैन खाडी मुलुकमा  रहेका नेपालीहरुलाई  पनि NRN मा पूर्ण रूपमा समेट्न नसकेको  कुरा बेला बेलामा उठ्ने गरेको जसले NRN आफ्नो उदेश्यबाट केहि टाडीएको हो कि जस्तो भानपनि हुन्छ  देशका कर्मरचारीहरु जो सरकारबाट खटिएर  विदेश आएका छन् उनीहरुलाई NRN भित्र समाबेश नगरिनु जायज छ, किन कि उनिहरु सिमित समयको लागि नेपाल सरकारको दायित्तो बहन गर्ने उदेश्यले  खटिएका, नेपाल को तर्फबाट तलब खाने  कर्मरचारी  हुन्  तर यहाँ बहस नेपालको तर्फ़ बाट तलब खाने कर्मचारीको नभई विदेशमा आई अध्ययन, ब्यबसाय वा रोजगारी गरि  बसेका नेपालीहरुको होबिशेषत यो बहस विदेशमा अध्ययनरत बिधार्थीहरु को हो  जो लामो समयसम्म विदेशमा संगर्शारत छन्  उनीहरुको हो यहाँ  धेरै  नेपालीहरु बिधार्थीकै स्टाटसमा लामो समय देखि रहेर पनि कुनै ब्यबसाय वा रोजगारीमा आबद्द छन् भने कोहि बिधार्थी कै  स्टाटस  मेनटेन गरि सेटल हुन खोज्ने समूह पनि छन्  आफ्नो पदाईको अलावा आफ्नै ब्यबसायपनि गर्दै छन् भने उनिहरु किन NRN मा समाबेश हुन  नपाउने किन उनीहरु  NRN मा संलग्न  भै नेपाल निर्माणको कार्यमा काँधमा काँध मिलाउन नपाउने के NRN भनेको विदेशमाबस्ने पुजीपति द्वारा पुजीपतिहरु कै लागि प्रबर्दिद संस्था हो ? के NRN भनेको हुने खाने स्टाटस भएकाहरुको संस्था हो जहाँ विदेश मै सेटलहुन संगर्शारत नेपाली बिधार्थीहरुले प्रवेश नपाउने? के NRNA को जग हाल्ने मनकारी ब्येक्तिहरुले वर्ग बिभाजनको परिकल्पना गरेर NRNA को सुरुवात गरेका हुन्? NRNA को स्लोगन नेपाली को लागि नेपाली भन्ने छ, के बिधार्थी नेपाली होइनन? के उनिहरु त्यो स्लोगन को परिभासाभन्दा बाहिरका प्राणी हुन्? के उनिहरु ले नेपालको लागि बिदेशी भुमि बाट कुनै भूमिका निर्बाह गर्न सक्दैनन्? भलै उनीहरु को स्टाटस सिमित समयको लागि होला तर उनीहरुपनि आफु निर्माण परिस्कृतहुने प्रक्रियामा छन् आफ्नो सिप, ज्ञान योग्यता लाई बिदेशी भुमिमा तिखार्दै छन् जुन अवस्य पनि नेपाल नेपालीकै  उन्नति प्रगति को लागि हो भनेर NRN ले किन मनन नगर्ने? किन NRNA को परिधि भित्र बिधार्थीहरु लाई नसमेट्ने?