Friday 28 August 2015

परदेशमा पनि दुख्दछ नेपालको पिंडा

भर्खर महाभूकम्पले मर्माहत बनाएको हामी नेपालीको घाउ राम्रो संग पुरिननपाउदै संबिधानमा आफ्नो छुटै प्रदेशहुनु पर्ने माग राखेर कैलालीको टिकापुरमा घटेको घटनाले फेरी सबैको मन रुहाएको छ। सबै नेपालीको मन छिया छिया बनाएको छ। हामी सबै नेपालीको पिडामा अज पिडाथपिएको छ। त्यसै  देश पिडैपिडाले आक्रान्त पिडाको सागरमाडुबेको  यस्तो अबस्थामा सबै संयम भएर देशलाई पिडाबाट मुक्त गराउने सोच विचार  बुद्दि सिर्जनागर्न तर्फ लग्नुपर्नेमा बिखन्डनको सुत्रपात रचेर देशलाई अज जातिय रुपमा टुक्रा टुक्रा बनाउन खोज्नु कति पिडादाई  , देशलाई बिखन्डनको सुत्रपात गराउने बुद्दि  हाम्रो समस्या होत्येस्तो कुबुद्ददीलाई सकारात्मकबुद्दिले परिबर्तन गर्न नसक्नु समस्या हो  टिकापुरमा जुन घटना घट्यो त्यो जातिय बिखण्डनको कुबुद्दिले गर्दा घटित ठुलो घटना हो I त्यो दुर्दर्सिहीन मानोवृत्तीको परिणाम होनेताहरुमा दुर्दर्सिताको कमि हुनु त्यो समस्या हो I त्यो बुद्दि  मनोभावनाले अरु कतै अर्को ठाउँमा येस्तै  घटना घट्न सक्नु त्यो समस्या होत्यो अहिले को विषम परिस्थितिमा नेपालको लागि ठुलो चुनौती हो। अल्पकालीन फाइदाको लागि देशलाई हिम्सा को आगोमा धकेल्नु त्योमनोब्रिती समस्या हो ,मानिसहरुले कुनै पनि कुराको गहिराही मापन गर्ननसक्नु  सिर्फ सतही कुरामा बहकिनु  उतेजित हुनु त्यो  समस्या हो र त्यस्ता लाचार अनि बिबस मानिशहरुलाई राजनीतिको निहित स्वार्थ पुरागर्न प्रयोग गर्ने विचार समस्या हो I सतहि कुराको सिमित बुझाईले आबेशमा आएर आफ्नै आमाको सन्तानलाई अरुको बहकाबमा आएरकाट्न खोज्ने भावनाको सिर्जना हुनु समस्या हो त्यो भावना सिर्जना गराउनेबुद्दि समस्या होत्यो नेपालको सबै भन्दा ठुलो पिडा हो I  समस्या हृतिकरोशन काण्ड इराक काण्डगौर काण्ड  अन्य काण्डहरु गर्दै  टिकापुर जस्तो काण्डको पुनरावृति हुनु को होसमस्या हामी आफै हिम्सक बनेर आफ्नै दाजु भाईमाथि जाई लाग्नु हो। समस्या मानिसहरुमा हिम्सक विचारको  बिजारोपणगराउनुको  हो , समस्या  निरिह मानिसहरुलाई प्रलोभनमा पारेर उतेजित   उद्वेलित गराएर हिम्सक बनाउनु हो   फाइदा लिनुको हो। समस्या देशउन्नतिको साटो अज अराजकता तफ़्र धकेलिनुको हो , समस्यासकारात्मक सोचको  कमिको हो , आफ्नो फाइदाको लागि सकारात्मक सोचको  घाँटी दबाउनु त्यो  समस्या  होसमस्या हामी सबै नेपालीको हो चाहे   विदेशमा बसेको नेपालीनै किन नहोस देश रुदा सबै नेपालीको मन  रुन्छ  उसलाई पनि पिडा हुन्छ I देश छोडेर जता गए पनि नेपाललाई दुखेको बेला उसलाई पनि दुख्छ नेपाल को पिडा I 
टिकापुरमा जुन  सुरक्षाकर्मीको ज्यान गयो ति पनि  नेपाल आमाकैसुपुत्र थिए जसले यो घटना जुन कारणले  घटाए ति  पनि  नेपालआमाकै सन्तान हुन्  उनिहरुलाई हिम्सक बनाएर आफ्नै दाजु भाईकोज्यान लिने कुविचार भराउने कुपुत्र पनि  नेपाली नै होउनीहरुको घृणित मनोवृत्तीले लाचार  मानिसहरु  लाई  संघियताको  नाममा उचालेर आफ्नोचौका पन्जा गर्ने  त्यो उदेश्य  घृणित हो त्यो उसमा निहित स्वार्थ हो फगत उस्को स्वार्थ हो,त्यो घृणित स्वार्थ  समस्या हो I त्यो स्वार्थ को लागि मानिसहरु लाई जातियताकोनाममा उचाल्नु  आफ्नो अभिस्ट पुरा गर्नु त्यो समस्या हो I त्यस्तो  घृणित उदेश्य समस्या हो I त्यसले  अल्पकालीन फाइदा पुरयाए को भान भएता पनि दिर्घकालिनफाइदा पुरयाउन सक्दैन पछि सम्म हानी  नै पुर्याउँछ I त्यसले नेपाललाई कुन  दिशा तर्फ धकेल्दै   नेपाल लाई बिकासको मार्गमा लैजाने नाममाकिन उधोगति तिर लगिदै   त्यसमा कसको के स्वार्थ  ? यसलेनेपाल को लागि के राम्रो संकेत देखाउदै  ? नेपाललाई कुन बाटोतिर लैजादै  ? कु उदेश्यले जातिएताको नामना नेपाललाई बिखन्डन को बाटो तिर धकेल्नेकुविचार समस्या हो I यी  घटना  घटाउने मानसिकता समस्या  हो समस्या राजनीति कर्मीहरुको  मानसिकता  विचार मा कुनै परिबर्तननआउनु को हो I  समस्या उनीहरुको सोचाई को सिमितपना को होसमस्या उनि  हरुको संकुचित सोचाई को हो ,समस्या राजनीतिकर्मीमादेखिएको  बहुलट्ठीपन  को  हो , समस्या उनीहरुको  बहुलट्ठीपनमामानिसहरु  बहकिनु  को  हो , समस्या  देशले भोग्दै आएको पीडालाईनजर अन्दाज गर्दै आफ्नो अवीस्ट पुरा गराउने नीच  दरिद्र मानसिकता को होI
 हामीले युद्धको नाममा माओबादीको १० बर्षे युद्घ नराम्रो संग झेलौत्यसले हाम्रो मातृभूमिलाई हरेक कुरामा कति पछि धकेल्यो त्यो हामीसबैले देखेको   भोगेको  कुरा हो I के हामीले  अब संघियताको नाममा नेपाललाई जातिए बिखन्डनको अर्को युद्धमा लैजानेहामी नेपालीले अझ कतियुद्ध झेल्नेके जातिए रुपमा बिखण्डन भएमा यो एकीकृत नेपालको  द्रुत विकासहुन्छके संघियता भनेको जादुको छडी हो जसले एकै पटकमा नेपालकोकायापलट गराऊछके संघियता को नाम भजेर हामी एक आपसमारक्तपातपूर्ण व्यवहारमा उतारू भएमा त्यसले के हामी लाई  हाम्रोउन्नतिको लक्ष्यमा पुराऊछ ? पृथ्वीनारयण शाहले टुक्रिएको नेपालएकीकरण गरि हामीलाई एकीकृत नेपाल दिएएकित्रित नेपालको सक्दोविकास गर्ने अविभारा हामी लाई सुम्पे I केअब हामीले हाम्रो सन्तति लाईजातजातिको आधारमा खण्डित नेपाल दिने ? उनि हरु लाई एककृतभएर नेपाल को विकास भएन अब जातीय रूपमा  टुक्रा टुक्रा पारेरबिकाश हुन्छ भन्ने कुरा सिकाउने सधै अन्तरिक कलह भै रहने नेपाल दिनेके कहिले  विकास हुन नसक्ने देश भनेर सधै त्यही उपमा हाम्रो मातृभुमिलाई दिई रहने?  
अन्तरिक कलहभूकम्पबाढी पहिरो आदि पिडाहरुको एक पछिको अर्को शृंखलाले विछिप्त बनेको नेपाली मनलाई टिकापुर घटनाले अज पिडादाई बनाएको  I बिगतका घटनाहरुले आशु ओभाउन नपाउदैबिबेकहिन सोचाईको  परिणामले  नेपाल   नेपालीको पिडा अजैबढाएको  आशु अजै थामिएको छैन,जब सम्म बिबेकहिन सोचाईसकारात्मक सोचाई माथि हाबी हुन्छ तब सम्म मुलुकले समस्याहरु बाटमुक्ति पाऊदैन जब सम्म बिबेकसम्मत  निस्वार्थ रूपले देशको  लागि दुर्दशिता अप्नाईदैन तबसम्म देश समस्या  पिडा ले आहत बनि रहन्छ। देश लाई समस्याको जालोले जेली रहन्छ, देश तड्पीरहन्छ देश छट्पटाई रहन्छ अनि देशको पिडाको क्रन्दन  चित्कारले हरेक नेपाली मन परदेशमा पनि रोइ रहन्छ। 

No comments:

Post a Comment